• अहिले तरंगमाThaha Khabar
  • आगामी कार्यक्रमNepali filmy songs

समाचार

के तपाई फेसबुकमा अनावश्यक नोटिफिकेसन आएर हैरान हुनुभएको छ ? त्यसो भए यसो गर्नुहोस् !

२०७३,पुस २९
आजभोली सामाजीक सञ्जालमा जोडिने धेरै हुनुहुन्छ त्यसमा पनि अझ धेरै फेसबुकमा । के तपाई फेसबुकमा अनावश्यक नोटिफिकेसन आएर हैरान हुनुभएको छ ? कहिले बर्थडे, कहिले लाइभ भिडियो, कहिले कुनै पेज या यस्तै अरु केही नोटिफिकेसन आएर तनावमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तनाव लिन छाड्नुहोस् । यस्ता नोटिफिकेसनबाट मुक्ति पाउन कम्प्युटर टेक्निसियन युवराज भट्टराईले यस्तो ट्रिक्स दिनुभएको छ ।
स्टेप १
सबैभन्दा पहिले आफ्नो कम्प्युटर, ल्यापटप या मोबाइलमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् ।
स्टेप २
अब नोटिफिकेसनमा जानुहोस् । यसको आइकन म्यासेज आइकनको सँगै दायाँपट्टि देखिन्छ ।
स्टेप ३
नोटिफिकेसनमा क्लिक गर्नुहोस् जहाँ Mark All as Read र Settings  अप्सन देख्नुहुन्छ । तपाईं Settings अप्सनमा जानुहोस् ।

स्टेप ४
अब एउटा विन्डो खुल्छ जसमा नोटिफिकेसनबारे पूर्ण जानकारी दिएको हुन्छ । अब तपाईं चाहेको नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ । यहाँ तपाईं सबैखाले नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ, चाहे वर्थडेको होस् या फ्रेन्ड एक्टिभिटी ।
स्टेप ५
नोटिफिकेसन सधैँका लागि बन्द गर्न चाहनुहुन्न, तर केही मिनेट या घन्टाका लागि मात्रै बन्द गर्न चाहनुहुन्छ भने नोटिफिकेसन आइकनको mute अप्सनमा गएर क्लिक गर्नुहोस् ।
स्टेप ६
तपाईं कति समयसम्म नोटिफिकेसन बन्द गर्न चाहनुहुन्छ त्यहाँ स्पष्ट आधार दिएको हुन्छ । १५ मिनेटदेखि २४ घन्टासम्म नोटिफिकेसन म्युट गर्ने अप्सन दिएको हुन्छ । आफ्नो खुसीले सेटिङ या म्युट अप्सनमा गएर चाहेअनुसार नोटिफिकेसनको तनावबाट मुक्ति पाउन सक्नुहुन्छ ।
युवराज भट्टराई
कम्प्युटर टेक्निसियन

नयाँ पत्रिका बाट
 

Radio Pradesh