• अहिले तरंगमाThaha Khabar
  • आगामी कार्यक्रमकार्यक्रम देउराली

समाचार

कर्णाली सरकारका निर्णयः माघीमा सार्वजनिक विदा

२७ पौष २०७५,कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषदबाट पारित गरेको छ । यस क्षेत्रका जनजाती, थारु, लगायत सबै जातजातीले विशेष रुपमा मनाउने माघी पर्व अर्थात माघे सक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तिरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी जानकारी दिनुभयो ।
कर्णाली सरकारको २६ गते बसेको ३३ औ मन्त्रीपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले माघ  १ मा सार्वजनिक विदा दिने निणर््ाय भएको जानकारी दिनुभएको हो ।
कर्णाली सरकारको मन्त्रीपरिषद बैठकले बर्षभरीको सम्पुर्ण विदा निर्धारण गर्नका लागी  कानुन मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सार्वजनिक विदा निर्धारण सुझाव समिति गठन गरेको समेत गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
कर्णाली सरकारका सामाजिक विकास मन्त्री रावल सदस्य सचिव तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सचिव यज्ञराज बोहोरा सदस्य सचिव रहेको ३ सदस्यीय सुझाव समिति गठन गरिएको छ । मन्त्री भण्डारीका अनुसार समितिले सबैको सुझाव लिएर बार्षिक विदाको कार्यतालिका बनाएर क्याबिनेटमा प्रस्ताव गर्ने छ।
यस्तै बैठकले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट  प्रस्ताव गरेको सुशासन प्रत्याभुती गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययकमा सैद्धानितक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
 
बैठकले सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरेको छ भने प्रदेश युवा परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययकलाई सैद्धान्तिक सहमती दिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो  ।
बैठकमा सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको घरेलु हिंसा नियन्त्रण  गर्न बनेको  विद्ययक माथि सैद्धान्तिक सहमति प्रदान गरेको छ । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बैठकमा पेश गरेको उपभोक्त हित संरक्षण सम्बन्धी विद्ययकलाई सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।
बैठकले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा छलफलका लागी पठाउने निर्णय समेत गरेको छ ।
 

अभिलेखालय