• अहिले तरंगमाकार्यक्रम देउराली
  • आगामी कार्यक्रमPradesh Bulletin

समाचार

कालिकोटका अग्नी पिडितलाई कर्णाली सरकारले घर बनाईदिने

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा भएको आगजनीबाट पिडितका लागि घर बनाईदिने भएको छ । 
आगलागिवाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गरिने प्रदेश सरकारकी प्रवक्ता तथा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन् ।
शुक्रबार अबेर बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषिदको निर्णय सार्वजनिक गर्दै मन्त्री केसीले यसअघि पिडितहरुका लागि प्रदेश सरकारको तर्फवाट प्रति परिवार २० हजार नगद तथा अन्य राहतसामाग्री उपलब्ध गराईसकिएको जानकारी दिईन् । 
अग्नीपिडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग गर्नुका साथै प्रति घरपरिवार .५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै सो कार्यक्रम अन्तरगत अग्नीपिडितहरुको आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने समेत निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता तथा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन् । 
अग्नीपिडितहरुको उद्धार, अस्थायी वसोवास, खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक तथा भौतिक सहयोग गर्ने संघीय सरकार, गृहमन्त्रालय, स्थानीय सरकार, राजनैतिक दल, गैरसरकारी संघसंस्था र सहयोगी व्यक्तिहरुलाई प्रदेश सरकारको तर्फवाट मन्त्री केसीले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेकी छन् । 
मन्त्री केसीका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पत्ताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरुको मनोनयन गर्ने निर्णय गरेको छ । 
जसमा प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४का  श्यामलाल कँडेल, प्रदेश अस्पत्ताल सुर्खेतको सदस्यमा वीरेन्द्रनगर की हरिमाया शर्मा,जिल्ला अस्पताल सल्यानको अध्यक्षमा शारदा नगरपालिका ७ का दामोदर गौतम,जिल्ला अस्पताल मुगुको अध्यक्षमा छायानाथ नगरपालिका १का पारसमणी मल्ललाई नियुक्त गरेको छ ।
यस्तै जिल्ला अस्पताल डोल्पाको अध्यक्षमा ठुलोभेरी नगरपालिका १ तेजेन्द्रवहादुर रोकाय, जिल्ला अस्पताल हुम्लाका अध्यक्षमा नाम्खा गाँउपालिका ४ का छेपाल दोर्जे लामा तामाङ्ग, जिल्ला  अस्पताल कालिकोटको अध्यक्षमा खाडाचक्र नगरपालिका २ का सरोज वोगटी, जिल्ला अस्पताल दैलेखको अध्यक्षमा नारायण नगरपालिका १० का लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटको अध्यक्षमा छेडागाड नगरपालिका १३ का धर्मशिला वस्नेत, जिल्ला अस्पताल रुकुमको अध्यक्षमा त्रिवेणी नगरपालिका १ का सुन्दर वलीलाई नियुक्त गरेको प्रवक्ता केसीले जानकारी दिईन् ।
यसैगरी जिल्ला अस्पताल मेहलकुना सुर्खेतको अध्यक्षमा गुर्भाकोट नगरपालिका १० का मानवहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिका ४ का ओमवहादुर वोहरार र जुम्ला आयुर्वेद औषधालय,जुम्लाको अध्यक्षमा चन्दननाथ नगरपालिका जुम्ला ५ का मनोज वुढाथोकी मगरलाई प्रदेश सरकारले नियुक्त गरेको छ । 
अन्तरप्रदेश समन्वय परिषदको मिति २०७५ पौष ३ गतेको वैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने पनि निर्णय प्रदेश सरकारले गरेको सरकारकी प्रवक्ता केसीले जानकारी दिईन् ।
 
 

अभिलेखालय