• अहिले तरंगमाकार्यक्रम देउराली
  • आगामी कार्यक्रमPradesh Bulletin

समाचार

प्रदेश एफएमका सम्पादक जिसी सहित चार पत्रकार पुरस्कृत

सुर्खेत २१ मंसिर । 
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले प्रदेश एफएमका समाचार सम्पादक  धर्मराज जिसी सहित विभिन्न मिडियामा आवद्ध ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ सुर्खेतको २३ औं साधारण सभाको अवसरमा समाचार लेखेर समाजमा सकारात्मक रुपान्तरण गर्न सहयोग गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरेको हो ।
शान्ती र विकास पत्रकारीता वर्ष पुरुस्कारबाट नगद १० हजार र सम्मान सहित प्रदेश एफएमका समाचार सम्पादक   धर्मराज जिसी र खबरईरा की बिमला खड्का, खानेपानी तथा सरसफाइ पुरस्कार कर्मसञ्चार डटकमका ईश्वर अधिकारी १० हजार  र नागरिक दैनिकका नगेन्द्र उपाध्याय  ५ हजार पुरस्कार राशी सहित वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका हुन् ।
यसैबिच, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको विकासलाई गति दिनको लागि पत्रकारको साथ आवश्यक रहेको शाहीले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औं साधारणसभालाई सम्बोधन गर्दै शाहीले समाज गलत बाटोमा हिँडिरहेकाले समाजको बाटोलाई सही दिशा दिन पत्रकारहरुको साथ आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले समाजमा सुशासन नभएको अवस्थामा धेरै घटना हुने गरेको भन्दै सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशका १५ वर्षमुनिका बालबालिकाको मस्तिष्क ‘भर्जिन’ भएका कारण नीहरूलाई कस्तो शिक्षा दिने भन्ने बारे सरकारले अध्ययन गरिरहेको बताउनुभयो ।
१५ वर्षमुनिका बालबालिकाको मस्तिष्क कस्तो बनाउने र कस्तो शिक्षा दिँदा कर्णाली समृद्ध बनाउन सकिन्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम बनाउने सरकारको तयारी रहेको उनको भनाई छ । मुख्यमन्त्री शाहीले पत्रकार जगतमा रहेका समस्या समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 

अभिलेखालय