• अहिले तरंगमाAaudhunik Songs
  • आगामी कार्यक्रमPradesh Bulletin

समाचार

भ्रष्टाचार गर्नेलाई सरकारी कार्यक्रम नदिने मन्त्री केसीकोउदघोष

 
सुर्खेत कार्तिक २६,
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भ्रष्टाचार गर्ने, कमिशन खानेलाई कार्यक्रम नदिने बताउनु भएको छ । 
आज लेकबेसी नगरपालिकामा आयोजित समृद्ध कृषि सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले यसअघि भ्रष्टाचार गर्नेको हातमा कृषि मन्त्रालयको कार्यक्रम जाने भएका कारण कृषि क्षेत्रप्रति जनतामा नैराश्यता उत्पन्न भएको बताउनु भयो । 
‘विगतमा सही पशुपालन गर्ने र तरकारी खेती गर्ने किसानले अनुदान पाएन । फलस्वरुप कृषि पेशाप्रति जनताको ध्यान कम गयो,’ उहाँले भन्नुभयो, ‘अब प्रदेश सरकार त्यस्तो गर्ने छैन ।  जो किसानले खेती गरेको छ, उसैले मात्रै राहत पाउने निश्चित छ ।’ यसअघि राज्यले दिने अनुदान आवश्यक परेकालाई नदिइएको बताउँदै उहाले अनुदान बिचौलियाले अर्कैको फार्म वा तरकारी खेती देखाएर खाने गरेको पाइएको उहाँको भनाई थियो  । 
तर, अब कर्णाली प्रदेश सरकारले जनताको आँगनमै पुगेर, निरीक्षण गरेर मात्रै अनुदान वितरण गर्ने गरी मन्त्रालयले कार्यविधि बनाइरहेको जानकारी दिनुभयो । 
 
यसैबिच, सुर्खेतको चिङ्गाड गाँउपालिका वडा नं. ५ अवलचिङ्गका किसानहरुले अत्याधुनिक अदुवा प्रशोधन केन्द्र निर्माण गरिदिन प्रदेश सरकार संग माग गरेका छन् ।
कर्णाली प्रदेश सरकारकी भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी अवलचिङ्गमा पुगेको मौकामा वडा नं. ५ का अगुवा किसानहरुले अदुवा र बेसारको पकेट क्षेत्र भएकाले प्रशोधन केन्द्र निर्माण गरिदिन आग्रह गरेका हुन् । 
अदुवा र बेसार संकलन केन्द्र भए पनि प्रशोधन केन्द्र नभएकाले समस्या भईरहेको किसान डम्मर बहादुर रानाले बताउनुभयो । कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बिमला केसीले काम गर्ने किसानका लागि बजेटको अभाव नहुने बताउनुभयो । 
अदुवा प्रशोधन केन्द्र निर्माणका लागि डिपीआर बनाएर कुल लागतका बारेमा स्पष्ट हुन आग्रह गर्नुभयो । उत्पादन कती हुन्छ र लाभान्वीत कति हुन्छन त्यस बारेमा डिटेल तथ्यांक निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रशोधन केन्द्र निर्माणका लागि सहकारी मार्फत भए ८० प्रतिशत र निजि कम्पनी मार्फत भए ५० प्रतिशत अनुदान प्रदेश सरकारले दिने निति रहेको मन्त्री केसीले जानकारी दिनु भयो ।
कार्यक्रममा अगुवा कृषक,सहकारीकर्मी,राजनीतिक अगुवा र जनप्रतिनिधिका साथै प्रदेश सभा सदस्य माननीय सीता नेपाली, सभाषद ललिता कुमारी रेग्मी लगायतको उपस्थिति पनि रहेको थियो ।
 

अभिलेखालय