• अहिले तरंगमाDauda Songs
  • आगामी कार्यक्रमThaha Khabar

समाचार

सल्यानमा गजल मेहफिल आयोजना हुदै

सुर्खेत ५, असार

सल्यानमा गजल मेहफिल कार्यक्रम आयोजना गरिने भएको छ । सल्यान कला परिषदले आगामी अषार ९ गते मेहफिलको आयोजना गर्न लागेको हो । “सल्यान कला साहित्यको उत्थान साहित्यलाई जोगाउन हाम्रो अभियान” भन्ने नारा सहित आयोजना हुने गजल मेहफिलमा सल्यान जिल्लाका विभिन्न गजल कर्मिहरुको सहभागिता रहने सल्यान कला सहित्य उत्थानका अध्यक्ष देब क्षेत्री कुमाईले वताउनु भयो ।

शिवजन क्याम्पस सितलपाटि सल्यानको सभाहलमा अषार ९ गते विहान ११ वजे संचालन गर्न लागिएको कार्यक्रममा जिल्ला स्थित विभिन्न गजल कर्मीहरुले आआफ्नो कला प्रस्तुत गर्ने आयोजकले जनाएको छ । साथै यस किसिमका कार्यक्रमहरुले जिल्लामा रहेका नभप्रतिभा लाई पनि चिनाउन मदत पुग्ने आयोजकको भनाई छ ।

अभिलेखालय