• अहिले तरंगमाFilmy Duniya
  • आगामी कार्यक्रमPradesh Minute

समाचार

जुम्लामा तारा एयरको विमान दुर्घटना,जहाजमा सवार सबै सकुशल ।।

सुर्खेत जेष्ठ २६
तारा एयरको विमान जुम्ला धावनमार्गमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको हो । नेपालगञ्ज विमान स्थलबाट आज दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ (एईभी) जहाज जुम्ला विमानस्थलमा २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा टायर पञ्चर भएर दुर्घटना भएको हो । चालकदल (पाइलट, को पाइलट र एयर होस्टेज) सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि धावन मार्गमा चिप्लिएर जालीमा अड्किएको थियो । घटनामा मानवीय क्षति भने भएको छैन् । जहाजलाई क्याप्टेन जेके निरौलाले उडाउनुभएको थियो ।

अभिलेखालय