• अहिले तरंगमाNepali filmy songs
  • आगामी कार्यक्रमPradesh News

समाचार

उपसभामुख घर्तीद्धारा गौरीकलाको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण

सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसईई परिक्षा दिदै गर्दा हत्या गरेकी गौरीकला रोकायको परिवारलाई आथीक सहयोग गरिएको छ ।
पश्चिम सुर्खेतको पन्चपुरी नगरपालीका वावीयाचौरमा एस.ई.ई परिक्षा दिने क्रममा वलात्कार पछि हत्या गरिएकी पन्चपुरी नगरपालीका सालकोट ३ कि १८ वर्षिया गौरीकला रोकायको परिवारलाई आर्थिक सहयोग स्वरुप रु १ लाख २० रकम हस्तान्तरण गरिएको हो । 
सामाजीक अभियान्ता खगेन्द्र पुलामीको अगुवाइमा रोकायको परिवारलाई रकम प्रदान गरिएको हो । हिजो विरेन्द्रनगमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तिले रोकायाको परिवारलाईे चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा वोल्दै उपसभामुख घर्तिले सो घटना एकदमै निर्मम भएको भन्दै यसवाट सवै महिला दिदि वहीनीहरु सचेत हुनुपर्ने बताउनु भयो । 
वहाँले घटनामा संलग्न हरु कानुनी कटघरामा आइसकेकोले परिवारलाई संयम रहन पनि आग्रह गर्नुभयो । वहाँले कुनै पनि राजनीतिक शक्तिकेन्द्रकोे भरमा अपराधिहरु उम्कन नसक्ने बताउनुभयो ।
कार्यक्रमा वोल्दै पञ्चपुरी नगरपालीकाका प्रमुख उपेन्द्र थापाले गौरीकला रोकायको जस्तो घटना जोकोही संग पनि हुन सक्ने भन्दै सचेत रहन सवै लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेस नेता टोप वहादुर रावत,एमाले सचिव मोहन वडुवाल र माओवादी केन्द्रका सचिवालय सदस्य खड्क विक को पनि उपस्थीति रहेको थियो ।

अभिलेखालय