• अहिले तरंगमाThaha Khabar
  • आगामी कार्यक्रमNepali filmy songs

समाचार

अर्काको मुख ताकेर कर्णालीको विकास संभव छैन - मुख्यमन्त्री शाही ,मुख्यमन्त्री शाहीले सडकमै ज्ञापनपत्र वुझे

सुर्खेत, वैशाख १५  
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने वताउनुभएको छ । आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने वताउनुभयो । 
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडाक)ले शनिवार सुर्खेतमा आयोजना गरेको कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विदेशीका कारण कर्णालीको विकास भएन भन्ने धारणा हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । विहान सडक सरसफाई कार्यक्रममा सहभागि भई सम्मेलनको उद्घाटन गर्न पुग्नुभएका मुख्यमन्त्री शाहीले श्रमप्रति सम्मान गर्ने भावनाको विकास गर्न प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनका रुपमा मनाउन थालेको जानकारी दिनुभयो । 
मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि प्रदेश सरकार महत्वकाँक्षी योजनाका साथ अगाडि वढेको वताउनुभयो । भौतिक पुर्वाधार, पर्यटन, जलविद्युत, कृषिको विकास सरकारको नीति कार्यक्रममा उच्च प्राथमिकताका साथ आएको उहाँले वताउनुभयो । 
कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि दातृ निकाय, सरकार, एनजीओ आईएनजिओ र नीजि क्षेत्रको लगानीलाई एकद्धार नीतिमा परिचालन गरिने पनि जानकारी दिनुभयो । एनजिओ आईएनजिओलाई कर्णाली प्रदेशमा छिर्न नदिने भनि भ्रामक प्रचार गरिएको भन्दै उहाँले एनजिओ आईएनजिओलाई निषेध गरिएको नभई, सरकारको नीति कार्यक्रमको प्राथमिकताका आधारमा नियमण गरिने स्पष्ट गर्नुभयो ।

श्रमदिनका अवसरमा सडक सरसफाई

प्रदेश सरकारले शुरु गरेको श्रमदिनका अवसरमा आज मुख्यमन्त्री महेन्द्रवहादुर शाही र विभागीय मन्त्री तथा सचिवहरु सहितको टोलीले सडक सरसफाई गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको प्रशासकीय क्षेत्रका सडकहरु सरसफाई गरिएको थियो । 
श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकासका लागि प्रदेश सरकारले हरेक महिना १ र १५ गते श्रमदिनको घोषणा गरेको छ । श्रमदिनमा मुख्यमन्त्री, मन्त्री तथा सरकारी निकायका सवै पदाधिकारीले अनिवार्य रुपमा श्रमदान गर्ने व्यवस्था मिलाईने मुख्यमन्त्री शाहीले वताउनुभयो । पुजी निर्माण र संमृद्धिका लागि श्रम महत्वपुर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो –‘दिनभर सुतेर विताउने रातभरी पैसा आउने कही पनि हुदैन, संसारमा समृद्धशाली देश त्यहाका जनताको श्रमले वनेका हुन ।

सडकमै ज्ञापन पत्र 

यसैविच मुख्यमन्त्री शाहीले सडकमै ज्ञापन पत्र वुझनुभएको छ । सडक सरसफाईमा व्यस्त रहनुभएका मुख्यमन्त्री शाहीले गृहजिल्लावाट आएको तिला कर्णाली वहुमुखी क्याम्पसको ज्ञापन पत्र सडकमै वुझनुभएको हो । ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘कार्यपद्धतीमा परिवर्तन जरुरी छ, काम गर्नका लागि औपचारिकता जरुरी नभएको वताउनुभयो ।’ 
क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा र स्ववियु अध्यक्ष भिमप्रसाद आचार्य नेतृत्वमा आएको टोलीले खेलमैदान निर्माण, १२ कोठे पक्की भवन निर्माण, क्याम्पस हाताको घेरवार निर्माण, खानेपानी व्यवस्था लगायतको माग गरेको थियो ।
 

अभिलेखालय