• अहिले तरंगमा‘हेलाे भन्छिन् आमा’
  • आगामी कार्यक्रमThaha Khabar

समाचार

घरदैलोमै जनताको समस्या सम्वोधन गर्न संघीयता आवश्यक भएको हो , मुख्यमन्त्री शाही

सुर्खेत, वैशाख १२ 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले घरदैलोमै जनताको समस्या सम्वोधन गर्न संघीयता आवश्यक भएको वताउनुभएको छ । प्रदेश सरकारले पेश गरेको चालु आव २०७४÷७५को नीति कार्यक्रमका वारेमा संसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै मुख्यमन्त्री शाहीले जनतालाई नजीकवाट राज्यको सेवा प्रदान गर्नुपर्ने वताउनुभयो ।
मुख्यमन्त्री शाहीले दक्षिणवाट जमुनाहा–हिल्सा सुरुंग मार्ग, उत्तरवाट डोल्पा, मुगु र हुम्लावाट तिनवटा नाका खोलेर कर्णालीको विकासलाई अगाडि वढाईने वताउनुभयो । कर्णाली प्रदेशको भेरी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरवका आयोजनाको हवका रुपमा विकास गर्न संघीय सरकारसंग समन्वय अगाडि वढाईएको उहाँले जानकारी दिनुभयो । 
दशवटै जिल्लाका पर्यटकीय क्षेत्रको विकास गरि कर्णाली प्रदेशलाई विश्वकै पर्यटनको केन्द्र वनाउने पनि सरकारको लक्ष्य रहेको मुख्यमन्त्री शाहीको भनाई छ । कर्णालीको पर्यटन प्रवद्र्धन गर्न र विश्वको ध्यान कर्णालीमा केन्द्रीत गर्न सरकारले प्रधानमन्त्रीद्धारा कर्णाली रारा पर्यटन वर्षको उदघाटन गरेको उहाँले वताउनुभयो । 
संसदमा वोल्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा मेडीकल कलेज स्थापना, जिल्ला अस्पत्ताललाई ५० शैयामा स्तरवृद्धि र हरेक स्थानिय निकायमा १५ शैयाको अस्पत्ताल स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी लक्ष्य रहेको जानकारी दिनुभयो । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारको मातहतमा ल्याउने र कर्णालीको लागि आवश्यक प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक शिक्षालय स्थापना गरिने मुख्यमन्त्री शाहीले वताउनुभयो । 
कृषि क्षेत्रको विकासका लागि सहकारी मार्फत पशुपालन, तरकारी, फलफुल र अन्नवालीलाई व्यवसायीक वनाईने वताउनुभयो । मुख्यमन्त्री शाहीले रैथाने वालीको संरक्षण एवं प्रवद्र्धन गर्ने र कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने पनि सरकारको प्राथमिकतामा रहेको सदनलाई जानकारी दिनुभयो । 
मुख्यमन्त्रीको जवाफ पछि प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिवाट पारित गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस भनि मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राखेको प्रस्ताव सभामुख राजवहादुर शाहीद्धारा निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको विपक्षमा कोही पनि संसद देखिएनन् ।  
 

अभिलेखालय