• अहिले तरंगमा‘हेलाे भन्छिन् आमा’
  • आगामी कार्यक्रमThaha Khabar

समाचार

नेविसंघद्वारा प्रदेश ६ का मन्त्रीको गाडी तोडफोड

 
२०७४ चैत्र २१ सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् ।
नेविसंघ सम्बद्ध विद्यार्थीहरुले आज बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ ।
गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार हुनुभएको थियो । प्रहरीका अनुसार उहाँ सकुशल हुनुहुन्छ । 
पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलित हुँदै आइरहेका छन् । 
स्ववीयू  र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि यहाँ दुई पक्षबीच झडप नै भएको थियो ।
 

अभिलेखालय