• अहिले तरंगमाAaudhunik Songs
  • आगामी कार्यक्रमPradesh Bulletin

समाचार

सुर्खेत विमान स्थलमा बुद्धएयरको परिक्षण उडान सफल÷अव काठमाडौं सुर्खेत सिधा उडान हुने ।।

 
२०७४ चैत्र २१ सुर्खेत
आगामी बैशाख महिनादेखि नियमितरुपमा सुर्खेतदेखि काठमाडौंसम्मको सिधा हवाई उडान सुरु हुने भएको छ ।
आज सुर्खेतमा बुद्ध एयरको ४७ सिटे मध्यम जहाजले सफल परीक्षण उडान भएपछि सुर्खेत काठमाडौं नियमित सिधा हवाई उडान हुने भएको हो । 
विगतमा यति ठूलो जहाजको अवतरण सुर्खेतमा भएको थिएन । विमानस्थलको धावनमार्गलगायत अन्य प्राविधिक दृष्टिले ४७ सिटे जहाजहरु अव सुर्खेत विमानस्थलमा सहजतापूर्वक अवतरण हुने भएकोले बुद्ध एयरले बैशाख १ गतेदेखि सुर्खेत काठमाडौं नियमित सिधा उडान गर्ने जनाएको छ ।
विमानका क्याप्टेन रञ्जनकुमार शर्मा, फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न कुनै समस्या नभएको बताउनु भयो । 
आज विहान १० बजे बुद्ध एयरको ४७ सिटे ९ एन—एआइएन विमान प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको पाँच फन्का घुमेर अवलोकन गरेको थियो । 
सफल उडानसहित अवलोकन गरेपछि फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले ४७ सिटे जहाज अव सुर्खेतबाट संचालन गर्न सकिने पाइएको बताउनुभयो । क्याप्टेन रञ्जनकुमार शर्माले पनि उडानमा कुनै प्राविधिक समस्या नदेखिएको बताउनु भएको छ । 
४७ सिटेभन्दा अझ ठूलो जहाजका लागि धावनमार्ग विस्तार गर्नुपर्ने भन्दै तर यही मध्यम जहाजका लागि भने अहिले कुनै कठिनाइ नभएको जनाउनुभयो ।
 विमानस्थल प्रमुख विनोदकुमार पन्तले पनि बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा ढुक्क भएको बताउनुभयो ।
 

अभिलेखालय