• अहिले तरंगमा
  • आगामी कार्यक्रम

समाचार

अरे कस्तो कस्तो खबर लेख्छ यहां अखबारले पनि मात्र रातभर रोएको सपना देख्छ रे समाचारले पनि

                               गजल 

अरे कस्तो कस्तो खबर लेख्छ यहां अखबारले पनि
मात्र रातभर रोएको सपना देख्छ रे समाचारले पनि
 
केहि गरेन भनेर फालियो त्यो राजदरबारलाई 
आखिर के नै गर्यो र जनताको सिहदरबारले पनि
 
यता उमेर ढल्यो ,त्यता तिम्रो जवानी ढल्यो
सम्बन्ध के नै जोड्यो र हाम्रो घरबारले पनि
 
आफ्नै आमाको अस्मिता लुटिरहेको हेर्छ टुलुटुलु 
सिमानामा बसेर सुरक्षाकर्मीको तरबारले पनि
 
हेर साथि बलत्कारिता बढ्यो भनेर चुरिफुरि नगर
                                          देशलाई बर्षौदेखि बलत्कार गरिरहेछ सरकारले पनि

यो बस्तिलाइ एकदिन चिहान बनाउँछ
समयले पहाडलाई नि मैदान बनाउँछ

म अझै यो निष्कर्षमा पुग्न सकेको छैन
भगवान मान्छे कि मान्छे भगवान बनाउँछ

रात पछिको सुमधुर समागम पश्चात नै
सुर्यले हरदिन सुन्दर बिहान बनाउँछ

अरे छोड देख्न सपना डाक्टर इन्जिनियरको
भोक मार्ने अन्न आखिर किसान बनाउँछ

समाएर हात आज हिडेकाछौं सफरमा
के थाहा कुन मोडले भोली अन्जान बनाउँछ
 

प्रिया नजिक नजिक अाउ फरक पर्दैन
अनि मज्जाले हात समाउ फरक पर्दैन

अाजै मेट्यौ प्यास मनको जे परे पछं
अब ओठमा ओठै छुवाउ फरक पर्दैन

म तिम्रो जवानिको तिर्खा मेटाई दिन्छु
मात्र तिमी प्यास पठाउ फरक पर्दैन

अब बाकि के नै रह्यो र एक अर्कासगं
भो लाज ,सरम सबै भगाउ फरक पर्दैन

अन्तत जे गरे नि सबै गनं हाम्रो कबुल छ
नगरि अानाकानि चुकुल लगाउ फरक पर्दैन
एक्सन अा सिं
सल्यान
 

Radio Pradesh